सिटीलाई हराउँदै रोमा फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख २३, शुक्रबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाडौं । इटालियन क्लब रोमा युरोपा कन्फरेन्स लिगको फाइनलमा पुगेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा लेस्टर सिटीलाई १-० गोल अन्तरले हराउँदै रोमा समग्रमा २-१ को जितसहित फाइनल पुगेको हो ।

रोमालाई जित दिलाउन टामी अब्राहमले निर्णायक गोल गरे । उनले खेलको ११ औं मिनेटमा गोल गरेका थिए । पहिलो लेगमा भने रोमा र लेस्टरले १-१ गोलको बराबरी खेलेको थियो ।

अब रोमाले उपाधिका लागि फियनरुडसँग खेल्नेछ । फाइनल मे २५ मा हुनेछ । फियनरुडले दोस्रो लेगमा मार्सेलीसँग गोलरहित बराबरी खेलेपनि समग्रमा ३-२ को जित निकाल्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस